बजेट, २०८३/८४
तथा
आर्थिक विधेयक, २०८३
मुख्य शीर्षक मार्फत जारी गरिएको बजेटका व्यवस्था तथा विभिन्न कर छुट तथा कर कानूनका विविध संशोधनहरू ।
अनुसूची-१ (रोजगारी/प्रोपराईटरसिप फर्मको आयका लागि)
अनुसूची-१: रोजगारी/प्रोपराईटरसिप फर्मको आयका लागि (करको नयाँ स्ल्याब)
| करयोग्य आय | करको दर (%) (एकल वा दम्पत्ति दुवैका हकमा) |
| सुरुको १० लाख सम्ममा | १ |
| थप ५ लाखमा (१० देखि १५) | १० |
| थप १० लाखमा (१५ देखि २५) | २० |
| थप १५ लाखमा (२५ देखि ४०) | २७ |
| ४० लाख भन्दा बढी | २९ |
नोट: एकलौटी (व्यक्तिगत/प्रोपराईटरसिप) फर्मको आय, पेन्सन आय, निवृतभरणकोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा सूरुको १% कर लाग्दैन ।
करमा दर्ताहुन आउनेलाई आयकर, शुल्क तथा व्याज मिनाहा
करमा दर्ताहुन आउनेलाई आयकर, शुल्क तथा व्याज मिनाहा [दफा ४० (१)]
- कुनै व्यक्तिले विगतमा PAN नलिएको तर कर लाग्ने आय आर्जन गरेको भए त्यस्ता व्यक्तिले PAN लिई आ.ब. २०७९/८०, २०८०/८१, २०८१/८२ र २०८२/८३ को आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सो बापत लाग्ने शुल्क तथा व्याज मिनाहा हुने,
- सो भन्दा अघिका आय वर्षहरूको सम्पुर्ण कर दायित्व मिनाहा हुने ।
यो सुविधा कहिले सम्म पाइन्छ?
- २०८३ पुष मसान्त सम्म ।
दर्ता भएका तर कुनै कारोवार नगरेकालाई सुचारु गर्न वा कारोवार बन्द गर्न सुविधा
दर्ता भएका तर कुनै कारोवार नगरेकालाई सुचारु गर्न वा कारोवार बन्द गर्न सुविधा: [दफा ४० (२)]
- कुनै व्यक्तिले विगतमा कर कार्यालयमा दर्ता भई पान नं लिएको तर “कारोवार नगरेको/आय आर्जन नगरेको” भए २०८२/८३ को आय विवरण र कर बुझाई आवश्यकता बमोजिम फर्म खारेज वा सुचारु गर्न सकिने ।
- सो भन्दा अघिका आय विवरण बुझाउनु नपर्ने तथा सम्पुर्ण कर दायित्व मिनाहा हुने ।
यो सुविधा कहिले सम्म पाइन्छ?
- २०८३ पुष मसान्त सम्म ।
- (निवेदन नदिएमा फर्म स्वतः खारेज र कर असुली हुने)
विगतमा कर कार्यालयमा दर्ता भएका, कारोवार तथा आयआर्जन भएको हकमा
विगतमा कर कार्यालयमा दर्ता भएका, कारोवार तथा आयआर्जन भएको हकमा [दफा ४० (३)]
- कुनै व्यक्तिले विगतमा कर कार्यालयमा दर्ता भई PAN लिएको, कारोवार तथा आय आर्जन समेत गरेको हकमा बुझाउन बाँकी आय विवरण, बुझाउन बाँकी कर र सो करको मात्र १% थप शुल्क बुझाएमा बाँकी सबै व्याज, शुल्क मिनाहा हुने ।
यो सुविधा कहिले सम्म पाइन्छ?
- २०८३ पुष मसान्त सम्म ।
भ्याट नबुझाए (VAT filers & Non filers) का करदाताको हकमा छुट
भ्याट नबुझाए (VAT filers & Non filers) का करदाताको हकमा छुट [दफा ४१]
- VAT मा दर्ता भई कारोवार गरेको तर VAT बुझाउन बाँकी रहेको करदाताले २०८२ चैत्र सम्मको भ्याट विवरण पेश गरी (नगरेको भए) तिर्नुपर्ने भ्याट र सोमा १% थप रकम बुझाएमा बाँकी सबै ब्याज थप दस्तुर तथा जरिबाना मिनाहा हुने ।
यो छुट कहिले सम्म पाईन्छ?
- २०८३ पुष मसान्त सम्म ।
- दुधबाट बन्ने पनीरमा विगतमा VAT नअसुलेको भए तिर्न बाँकी भ्याट मिनाहा (दफा ४२)
अन्तःशुल्कजन्य कारोवार र छुट
अन्तःशुल्कजन्य कारोवार र छुट [दफा ४३]
- अन्तःशुल्क इजाजतपत्र लिएका/नलिएका करदाताले अन्तःशुल्कजन्य कारोवार गरेको तर अन्तःशुल्क विवरण र अन्तःशुल्क रकम नबुझाएको भए सो विवरण र रकम बुझाउने । सोमा थप १% रकम बुझाउने । सोमा लाग्ने विलम्ब शुल्क र जरिवाना सबै मिनाहा हुने ।
यो छुट कहिले सम्म पाईन्छ?
➢ २०८३ पुष मसान्त सम्म ।
- अन्तःशुल्क इजाजतपत्र लिएको तर नविकरण भएको छैन भने आ.व. २०८२/८३ को नविकरण शुल्क बुझाएमा पहिलाको बाँकी सबै नवीकरण दस्तुर र जरिबाना मिनाहा हुने । सो नगरेमा इजाजतपत्र स्वतः खारेज हुने ।
यो छुट कहिले सम्म पाईन्छ?
➢ २०८३ असोज मसान्त सम्म ।
विवरण बुझाएका तर कर नबुझाएका करदाताको हकमा छुट
विवरण बुझाएका तर कर नबुझाएका करदाताको हकमा छुट [दफा ४४]
- बजेट भाषणको दिन (२०८३ जेठ १५) सम्मको अवस्थामा कारोवारको विवरण (आयविवरण/भ्याट विवरण/अन्त:शुल्क विवरण) पेश गरेका तर कर बक्यौता रहेका करदाताले तिर्नुपर्ने कर (Income Tax/VAT/Excise) र सोमा १% थप रकम बुझाएमा शुल्क, थप दस्तुर, जरिबाना, ब्याज, बिलम्ब शुल्क मिनाहा हुने ।
यो छुट कहिले सम्म पाईन्छ?
- २०८३ पुष मसान्त सम्म ।
कार्यालयबाट कर निर्धारण र कर बक्यौतामा मिनाहा
कार्यालयबाट कर निर्धारण र कर बक्यौतामा मिनाहा [दफा ४५]
- बजेट भाषणको दिन (२०८३ जेठ १५) भन्दा अघि कर कार्यालयमा थप कर निर्धारण भई कर बक्यौता (IT, VAT, Excise) सृजना भएको भए सो बक्यौता र सोको थप १% रकम बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिबाना, ब्याज र विलम्ब शुल्क मिनाहा हुने ।
(नोट: दूरसंचार सेवा प्रदान गर्ने व्यवसायमा यो छुट छैन ।)
यो सुविधा कहिले सम्म पाइन्छ?
- २०८३ पुष मसान्त सम्म ।
कर निर्धारण, मुद्दामामिला र कर मिनाहा
कर निर्धारण, मुद्दामामिला र कर मिनाहा [दफा ४६]
- बजेट भाषणको दिन (२०८३ जेठ १५) भन्दा अघि कर कार्यालयको कर (IT/VAT/Excise) निर्धारणबाट थप कर लागेको र सो कर निर्धारणमा चित्त नबुझाई मुद्दामामिला (विभाग वा न्यायाधिकरण वा अदालत) मा रहेको छ भने मुद्दा फिर्ता लिई संशोधित कर निर्धारणमा रहेको कर रकम (IT/VAT/Excise) र सोको थप १% रकम बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिबाना, ब्याज र विलम्ब शुल्क मिनाहा हुने ।
यो सुविधा कहिले सम्म पाईन्छ?
- २०८३ पुष मसान्त सम्म ।
#दफा_५७: पहिले र अब
मृत्यु पछिको प्रत्यक्ष स्वामित्व परिवर्तनमा आयकर ऐनको दफा ५७ आकर्षित नहुने
पहिले कुनै शेयरहोल्डर(५०% बढी शेयर होल्ड गर्ने) को मृत्युु भई सो शेयर अरुलाई हस्तान्तरण हुने/लिने अवस्थामा पनि कम्पनी बिक्री सरह “entity disposal” मानेर आयकर ऐनको दफा ५७ आकर्षित हुन सक्थ्यो। अब प्रत्यक्ष स्वामित्व परिवर्तन, विशेषगरी पारिवारिक वा मृत्युजन्य हस्तान्तरणमा सरलता र थप कर दायित्व जोखिम नपर्ने।
काठमाडौंमा “ABC Traders Pvt. Ltd.” नामक कम्पनी छ।
#पहिले: कम्पनीका संस्थापक बुवाको मृत्यु भयो र उहाँको ५१% share कानुनी हकवालाका रूपमा श्रीमती र छोराछोरीको नाममा transfer भयो। पहिले यस्तो अवस्थामा ownership change भएको आधारमा कम्पनी “dispose” भएको मानिन्थ्यो।
सम्पत्तिको market value अनुसार बिक्रि मानी मुनाफा गणना गरी
दफा ५७ अन्तर्गत कर दायित्व सिर्जना हुने डर रहन्थ्यो।
#अब_नयाँ_व्यवस्थापछि(बजेट,२०८३):
केवल मृत्युका कारण भएको ownership transfer लाई
व्यवसाय बिक्री (business disposal) सरह नमानिने।
succession process सहज हुने ।
अब वार्षिक कारोवार १० करोड माथीका सबै कारोबार CBMS मा आबद्द हुनु पर्ने।
पुर्ण कर परीक्षण सम्पन्न गरिसक्नुपर्ने समयावधि अब ३ वर्ष
(विगत ४ वर्ष)
AI Based, जोखिममा आधारित कर अनुसन्धान/परीक्षण।
आवासीय भवन विमाको १० हजार खर्च कट्टि (विगत ५ हजार) आयकर प्रयोजनका लागि कट्टिगर्न पाईने।
सुनमा २ प्रतिशत विलासिता कर र हिरामा लाग्ने १३ प्रतिशत भ्याट खारेज
डिजिटल अन्त:शुल्क टिकट।